काठमाडौँ । युक्रेनमाथि सैन्य हमला गर्दै आएको रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शान्ति सम्झौता गर्न आफ्ना टर्किश समकक्षीसमक्ष माग अगाडि सारेका छन्। बिहीबार फोनवार्तामा पुटिनले रेजेप तय्यीप एर्दोआनलाई रुसका ठोस मागबारे जानकारी दिएका थिए ।
पुटिन र एर्दोआनबीच भएको वार्तामा टर्किश अधिकारीको एउटा सानो समूहले सुनेको थियो। जहाँ कालिन पनि थिए।
कालिनका अनुसार रुसका मागहरू सामान्यदेखि कठिन दुवै प्रकारका थिए । कालिनले बताएअनुसार चारवटा रुसी मागहरू पूरा गर्न युक्रेनलाई कुनै प्रकारको कठिन हुने छैन ।
जसमा युक्रेन तटस्थ बस्नु पर्ने र उत्तर एट्लान्टिक सन्धि संगठन नेटोको सदस्यताका लागि अघि बढ्न नहुने रहेको छ। यस विषयमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पहिले पनि आफूलाई नेटोको सदस्य नचाहिने बताउँदै आएका छन् ।
यस्तै, युक्रेनमा रुसी भाषालाई संरक्षण गर्नु पर्ने र सार्वजनिक जीवनबाट नाजीवादका सबै अवशेष एवम् प्रभाव अन्त्य हुनु पर्ने माग छ। यो माग जेलेन्स्कीका लागि अपमानजक छ । जो आफैँ एक यहुदी हुन् र उनका पनि केही आफन्तहरू यहुदी नरसंहारमा मारिएका थिए।
तर, रुसको त्यो माग पनि पूरा गर्न जेलेन्स्कीलाई गाह्रो नहुने टर्कीको विश्वास छ। नवनाजीवादका सबै स्वरूपको युक्रेनले निन्दा गर्दा पर्याप्त हुनेछ।
यस्तै, रुसका राष्ट्रपतिले दोस्रो भागका कठिनाई मागहरू मागेका छन् । जसमा जेलेन्स्कीसँग उनले साक्षात वार्ता गर्नु पर्ने हुन्छ। जेलेन्स्कीले पनि पुटिनसँग प्रत्यक्ष वार्ता गर्न आफू तयार रहेको बताउँदै आएका छन् ।
यस्तै, केही माग पूर्वी युक्रेनको डोनबास क्षेत्रसँग सम्बन्धित छ । त्यसबारे कालिन बोल्न चाहेनन् । तर, युक्रेनले पूर्वी भूभाग छोड्नु पर्ने रुसी माग रहेको अनुमान गरिएको छ ।
अर्को अनुमानमा युक्रेनले क्रिमियालाई रुसकै भूभागको रूपमा मान्यता दियोस् भन्ने रुसको चाहना हुने सक्ने अनुमान गरिएको छ ।