• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

चुनाव नहुँदै हुम्लाका नयाँ जनप्रतिनिधि छनाेट


    Avatar photo
शुक्रबार, चैत ०४, २०७८ मा प्रकाशित


नाम्खा गाउँपालिका– ६ लिमीका बासिन्दाले वडाध्यक्ष र सदस्य चुनिसके, वैशाखमा हुने निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई मात्रै मतदान गर्ने

Advertisement

हुम्ला – स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्थाबमोजिम ५ जेठ ०७९ मा स्थानीय तहका पदाधिकारीको पदावधि समाप्त हुँदै छ । सरकारले आगामी ३० वैशाखमा स्थानीय निर्वाचनको मिति तोकेको छ । तर, हुम्लाको उत्तरी नाम्खा गाउँपालिका– ६ लिमीका मतदाताले भने वडाका जनप्रतिनिधि टुंगो लगाइसकेका छन् । हल्जी, जाङ, तिल गाउँका स्थानीयले ३० मंसिरमै बैठक बसे नयाँ जनप्रतिनिधि छनोट गरेका हुन् ।

यी तीन गाउँमा स्थानीय नीति–नियम लागू हुँदै आएको छ । त्यसकै आधारमा वडा नम्बर ६ मा निर्वाचन सम्पन्न भएको हो । कात्तिक अन्तिम साता र मंसिरको पहिलो साता लिमेली जनताले बैठकमार्फत महत्वपूर्ण निर्णय गर्ने गर्छन् । वडा नम्बर ६ मा हालकै वडाध्यक्ष पाल्जोर तामाङ दोहोरिएका छन् । सदस्यहरू भने सबै नयाँ चयन भएका छन् । हल्जी गाउँबाट छिरिङ टुङडुप तामाङ, जाङ गाउँबाट महिला सदस्यमा पुटी तामाङ र तिल गाउँबाट टुङडुप लामा चयन भएका छन् । यसअघि वडाध्यक्षमा पाल्जोर तामाङ, महिला सदस्यमा याङकी तामाङ, कर्की लामा र कोलोप्जाङ तामाङ निर्वाचित भएका थिए ।

अब सरकारले तोकेको ३० वैशाखको निर्वाचनमा लिमीमा वडाध्यक्षदेखि वडा सदस्य कसैको मतदान हुने छैन्, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षलाई मात्रै मतदान गर्ने वडाध्यक्ष पाल्जोर तामाङले बताए । लिमीका तीन गाउँमा तीनवटा मतदान केन्द्र छन् । सुनखानी आधारभूत विद्यालय हल्जीमा दुई सय २६, भृकुटी प्राथमिक विद्यालय जाङको मतदान केन्द्रमा दुई सय पाँच र हिमशिखर प्राथमिक विद्यालय तिलमा एक सय १० गरी मतदाताको संख्या पाँच सय ४१ छ ।

लिमेली जनताको कात्तिक र मंसिरमा महत्वपूर्ण बैठक हुने गरेको वडाध्यक्ष तामाङले बताए । ‘बर्सेनि तीन गाउँमा बैठक हुन्छ, विशेषगरी कात्तिकको अन्तिम र मंसिरको पहिलो साता बस्ने बैठक विशेष महत्वपूर्ण हुन्छ । सो बैठकले कुनै नयाँ निर्णय गर्ने गर्छ,’ उनले भने । खेतबारी जोत्ने, अन्न भिœयाउँदा गाउँवासीको बैठक बस्ने गर्छ । गाउँको अध्यक्षको निर्देशनविना कुनै पनि स्थानीयले काम गर्न पाउँदैनन् । सार्वजनिक मात्रै होइन, निजी कामका लागि पनि अध्यक्षको अनुमति चाहिन्छ । ‘अध्यक्षको अनुमतिविना कुनै काम गर्न पाइँदैन,’ जाङका एक युवाले भने ।

लिमी गाउँमा कात्तिक र मंसिरमा बस्ने बैठकमा उपस्थित हुन नसक्नेले आफ्नो हैसियतअनुसार हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने चलन रहेको वडाध्यक्ष तामाङले बताए । उनका अनुसार बैठक बस्ने मिति, समय र स्थान पहिले नै तोकिएको हुन्छ । बैठकमा १६ वर्ष उमेर कटेका र ६० वर्ष ननाघेका घरका मूलीले मात्र बस्न पाउने नियम बनाइएको छ ।

जिल्ला निर्वाचन कार्यालय हुम्लाले हिमपात र भौगोलिक विकटताका कारण मतदाता नामावली संकलन विशेष कार्यक्रमबाट लिमी छुटेको जानकारी दिएको छ । १७ मंसिरदेखि ९ पुससम्म भएको नामावली संकलन विशेष कार्यक्रममा लिमी गाउँ छुटेको जिल्ला निर्वाचन अधिकारी श्यामबहादुर रानाले बताए ।

शुक्रबार, चैत ०४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.