काठमाडौँ — विभागले पुरानो र नयाँ आवेदन दिएकाहरूलाई बढीमा दुई महिनाभित्र लाइसेन्स दिइसक्ने जनाएको छ ।
Advertisement
त्यसपछि, आवेदन दिएको एक हप्ताभित्रै सेवाग्राहीको पालो आउनेगरी व्यवस्थापन गरिने विभागका सूचना अधिकारी लोकनाथ भुसालले बताए ।
अहिले फारम भरेर बसेकाहरू कतिपयको २ वर्षपछि मात्रै पालो आउने उल्लेख छ । तर, उनीहरूलाई अब एसएमएसबाट जानकारी गराएर परीक्षाका लागि छिटो बोलाइने भुसालले बताए ।
यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि आवेदन दिएकाहरूको पुरानो मौज्दात सकेर मात्र नयाँ आवेदन खुला गर्ने भएको छ ।