मेष- कृषि तथा पशुपालनमा फाइदा हुनेछ। पढाइ र सन्तानको बारेमा चिन्ता बढ्न सक्छ। प्रतिस्पर्धीलाई कमजोर ठान्दा हानी हुन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ। स्वास्थ्य समस्याले सताउने देखिन्छ। उपचारमा खर्च हुने योग छ।
वृष- अप्ठ्यारो काम बन्नेछ। प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। रमाइला ठाउँको भ्रमण गर्ने अवसर प्राप्त हुनेछ। व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने समय छ। समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ।
मिथुन- शुभचिन्तकहरूले साथ दिनेछन् र विभिन्न अवसर पाइनेछ। तर, आफ्नै कमजोरीले चिताएको काममा व्यवधान आउने देखिन्छ। आयआर्जनका स्रोत बढ्ने समय छ। व्यापारमा मनग्य फाइदा हुनेछ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। विगतका समस्या बल्झिन सक्छन्।
कर्कट- आज हातमा आएको अवसर गुम्ने सम्भावना देखिन्छ। सहयोगी वा हितैषीले कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्। आँटेका काम तत्काल सम्पादन हुनेछन्। पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ। भौतिक साधन जुट्नाले आयआर्जन राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान पाइएला।
सिंह- मिहिनेतले धेरैको विश्वास जित्न सकिनेछ। अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ। अस्वस्थताका बावजुद कामको दायित्व बढ्नेछ। सानातिना काममा महत्त्वपूर्ण समय बित्न सक्छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। अरूले फसाउन सक्छन्।
कन्या- आमाको माध्यमबाट काम बनाउन सकिनेछ। महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला। धनजनको वृद्घि हुने योग छ। समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ। मिहिनेतअनुसार फाइदा कमै होला। सुख-दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। काममा उत्साह जाग्ने छ।
तुला- सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ। आज नसोचेको ठाउँबाट धन लाभ हुनेछ। साथै, व्यापार व्यवसायमा पनि प्रशस्तै लाभ हुने देखिन्छ। विभिन्न अवसरले पछ्याउनेछन्। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ।
वृश्चिक- बोलीको गलत अर्थ लाग्नाले आत्मसम्मानमा चोट पुग्न सक्छ। विचारलाई तौलेर व्यक्त गर्नु बुद्धिमानी हुनेछ। ठूलो प्रयत्न गर्दा पनि उपलब्धी हासिल गर्न मुस्किल पर्नेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। कामको चापबाट पनि फुर्सद पाइनेछ।
धनु- प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ। टाढिएका आफन्तहरू नजिकिन सक्छन्। मसलाजन्य खानाबाट आज एकदमै सावधान रहनु होला। साथै, भौतिक साधनको क्षतिले आर्थिक हानी हुने देखिन्छ। अरूका काममा समय बित्न सक्छ। उपलब्धी प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ।
मकर- प्रतिस्पर्धी परास्त होलान्। सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिनेछ भने सदविचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ। सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ। अनावश्यक भ्रमणमा समय बित्न सक्छ।
कुम्भ- प्रशस्त धन आर्जन गर्ने मौका छ। पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। साझेदारीमा फाइदा हुनेछ। मौकाको फाइदा उठाउन नसकिएला। सवारीसाधन चलाउँदा सावधानी अपनाउनुहोला।
मीन- सोचेको काममा सफलता प्राप्त हुने देखिन्छ। द्रव्य प्राप्तिको पनि योग छ। लाभ हुने काम प्रारम्भ गर्ने समय छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। व्यावसायिक काममा खर्च बढ्नेछ। धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ। प्रयत्न गर्दा सफलता हात लाग्ला।