Advertisement
भारतको सेयर बजारमा बिहीबार तीव्र वृद्धि भएको छ। एक हजार अंकको बढोत्तरीका साथ सेन्सेक्स ५७ हजार अंकमा बन्द भयो।
यस्तै, बीएसई सेन्सेक्स एक हजार ४७ अर्थात १.८४ प्रतिशत माथि उक्लेर ५७ हजार ८६३ अंकमा बन्द भयो। एनसई निफ्टी पनि ३११.७० अंकमा बढोत्तरीका साथ १७ हजार २८७ मा बन्द भयो। कारोबारको दौरान सेन्सेक्सले ५८ हजार ९५ दशशमलव ८४ र निफ्टीले १७ हजार ३४४ दशमलव ६० अंकको उच्च कारोबार छोए।
एचडीएफसी बैंकm टाइटन, रिलायन्स, कोटक बैंक, एसियन पेन्ट्स, सन फर्मा र टाटा स्टिलको सेयर कारोबार सर्वाधिक रह्यो।
बिहीबार भारतको मात्र होइन, टोकियो, सोल, हङकङ र सांघाईको सेयर बजारमा पनि तीव्र उछाल देखियो। त्यसको प्रभाव युरोपको सेयर बजारमा पनि देखियो।