• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, असोज ०१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

सवारी दुर्घटना चालकको मृत्यु

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

सुनचाँदीको मूल्य घट्यो

क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

‘फर्की फर्की’ मा ‘टाइम लुप’को प्रयोग


    Avatar photo
शुक्रबार, जेठ ०४, २०८१ मा प्रकाशित

काठमाडौं- नेपालमा सामाजिक विधा (सोसल ड्रामा) मा धेरै चलचित्र बनिरहेका छन् । सफल चलचित्रको सूची हेर्ने हो भने हाँस्य शैलीमा तयार गरिएका सामाजिक विषयवस्तुका चलचित्र नै दर्शकको रोजाइमा परेको देखिन्छ । केही वर्ष यता ‘जात्रा’, ‘कबड्डी’ र ‘छक्का पञ्जा’ शृङ्खलाको व्यावसायिक सफलता यसका उदाहरण हुन् । हाँस्य शैलीको बढ्दो प्रभावले प्रेम कथानक चलचित्र निकै कम बनिरहेका छन् ।

Advertisement

अन्य, विधामा नेपालमा चलचित्र बनाउन निर्माताले आँट नगरिरहेको बेला आउँदो बुद्ध जयन्तीलाई लक्षित गरी जेठ १० गते प्रदर्शन गरिने चलचित्र ‘फर्की फर्की’ मा प्रेम कथासँगै ‘टाइम लुप’ को प्रयोग गरिएको छ । सम्भवतः नेपाली चलचित्रमा टाइम लुप पहिलोपटक प्रयोग गरिएको हो । किनकि यसअगाडि यस्ता प्रयोग चलचित्रमा गरिएको छैन ।

विश्व चलचित्रमा भने ‘टाइम लुप’ र ‘टाइम ट्राभल’ जस्ता प्रयोग तथा विषय सामान्य मानिन्छ । निर्देशक तथा लेखक सुयोग गुरुङले प्रेम कथानकलाई ‘टाइप लुप’ मा जोड्दा दर्शकले नयाँपन अनुभूति गर्न पाउने बताए । उनले भने, ‘हामीले नयाँ विधालाई ल्याएनाँै भने एकै किसिमको मात्र चलचित्र बन्छ । त्यही कारण म र मेरो समूहले नयाँ प्रयोग गर्ने कोसिस गरेका हौँ । टाइम ट्राभल खर्चिलो हुने भएकाले टाइम लुपको प्रयोग चलचित्रमा गरिएको छ ।’

‘टाइम ट्राभल’ मा विशेषतः पात्र एक समयबाट अर्को समयमा पुग्ने गर्छ । प्राविधिक दृष्टिले अगाडि वा पछाडिको समय देखाउनु निकै खर्चिलो मानिन्छ । ‘टाइम लुप’ मा भने पात्र एकै समयमा घुमिरहन्छ । एकै दृश्यलाई पात्रको मनोविज्ञानअनुसार चित्रण गर्ने भएकाले त्यसमा खर्चभन्दा धेरै रचनात्मकता चाहिन्छ । चलचित्रमा माधव सिंह बस्नेतको भूमिकामा अभिनेता अनमोल केसी देखिएका छन् ।

अभिनेता केसीले यो प्रेम कथानक चलचित्र युवाका लागि आकर्षण बन्ने विश्वास व्यक्त गरे । उनले भने, ‘मेरो पात्रले गल्ती गरिरहँदा त्यो समयलाई पार गर्न सक्दैन । त्यही समयमा ऊ फर्की फर्की आइपुग्छ । त्यो एक किसिमको शक्ति हो । टाइम लुपका कारण चलचित्रको पात्रलाई प्रभाव पारेपछि यसले झनै रोचक बनाउँछ ।’

अभिनेता केसीले अधिकांश प्रेम कथानक चलचित्रमै अभिनय गरेका छन् । त्यसकारण यसपटक भिन्न देखाउन केसी समहत भएका हुन् । यो उनको दसौँ चलचित्र हो । ‘मैले अभिनय गर्न थालेको दश वर्ष पुगेको छ । यो मेरो लागि सुरुआत नै हो । आफ्नै विधामा रहेर अबको पुस्तालाई नयाँपन दिन खोजेका हौँ,’ अभिनेता केसीले भने।

उनको पछिल्लो चलचित्र ‘छड्के २’ असफल भएपछि सामाजिक सञ्जालमार्फत दर्शकसँग माफी माग्दै अभिनेता केसीले आगामी चलचित्रमार्फत पुनः सुरुआत हुने घोषणा गरेका थिए । यस चलचित्रमा उनले अभिनेत्री जसिता गुरुङसँग ‘स्क्रिन शेयर’ गरेका छन् । अभिनेत्री गुरुङले चलचित्रले युवापुस्ताको प्रेम, आकर्षण र समस्यालाई चित्रण गरेको बताए । ‘यो चलचित्रमा अहिलेको पुस्ताको सम्बन्धमा देखाइने विषय देखाइएको छ,’ उनले भने, ‘यसले अभिभावकलाई नयाँ पुस्ता बुझ्न मद्दत पुग्ने छभने युवायुवतीलाई एकआपसको समस्या बुझ्न र सुल्झाउन मद्दत पुग्छ ।’

रोहित अधिकारीले निर्माण गर्नुभएको चलचित्रमा अभिनेता केसी र अभिनेत्री गुरुङसँगै रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ललगायतका कलाकारले अभिनय गरेका छन् । निर्माता अधिकारीले निर्माणका क्रममा कुनै सम्झौता नगरिएको बताए ।

उनले भने, ‘अहिले डिजिटल प्लेटफर्मका कारण नेपाली दर्शक विश्वका चलचित्रसँग साक्षात्कार हुनुहुन्छ । त्यसकारण हामीले यसको निर्माणमा सम्झौता नगरेर दर्शकका लागि काल्पनिक संसार बनाउने कोसिस गरेका छौँ । नेपाली बजार, प्राविधिकलाई ध्यानमा राखेर हामीले एक कदम माथि उठेर काम गरेका छौँ ।’

चलचित्रको नरेन्द्र मैनालीले छायाङ्कन, सुरेन्द्र पौडेलले सम्पादन, अष्ट महर्जनले द्वन्द्व निर्देशन, रोमन बज्राचार्य र नरेन लिम्बूले सङ्गीत सिर्जना गरेका छन् ।

 

शुक्रबार, जेठ ०४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन
धार्मिक पर्यटनको गन्तव्य चुरियामाई
सवारी दुर्घटना चालकको मृत्यु
मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु
सुनचाँदीको मूल्य घट्यो
क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

भर्खरै

  • १.
    कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन

  • २.
    धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

  • ३.
    सवारी दुर्घटना चालकको मृत्यु

  • ४.
    मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

  • ५.
    सुनचाँदीको मूल्य घट्यो

  • ६.
    क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

  • ७.
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

  • ८.
    भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.