काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा बैठमा अवरोध गरेको छ ।
Advertisement
राष्ट्रियस सभा अध्यक्ष नारायण प्रसाद दाहाल बैठक सुरु गरे लगत्तै कांग्रेस सांसदहरुले उठेर विरोध गरेका थिए ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विरुद्ध संसदीय छानविन समितिकोको माग गर्दै कांग्रेसले संसद अवरोध गर्दै आएको छ ।
आज दिनभर छलफल भएपनि ठोष निस्कर्ष निस्कन नसकेपछि बैठक प्रभावित भएको हो । ४ बजेका लागि आह्वान भएको प्रतिनिधिसभा बैठक सुरु हुन सकेको छैन भने राष्ट्रिय सभा बैठक भोली १:१५ बजेसम्मका लागि स्थगित भएको छ ।