काठमाडौं । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसी कार्यकारी राष्ट्रपति र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा उभिएका छन् ।
Advertisement
बिहीवार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा बोल्दै राजनीतिक अस्थिरताको अन्त्य गर्न कार्यकारी राष्ट्रपति र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको आवस्यक रहेको बताएका हुन् ।
भने- ‘संसदीय व्यवस्था समावेशी व्यवस्था हो, सबैको प्रतिनिधित्व गर्ने राम्रो र उपयोगी व्यवस्था हो । तर, समानुपातिक जस्तो अस्थिरतामा आधारित प्रणाली र अहिले देखिएको सम्पूर्ण अस्थिरताका कारक तत्वहरुलाई खोलेर एउटा नयाँ बाटो दिनुपर्ने आवश्यकता छ । हेड अफ द आर्मी राष्ट्रपतिको रुपमा लिएर गएर निर्वाचित प्रधानमन्त्री अहिलेको स्थायित्वको प्रमुख बाटो हो ।’