काठमाडौं । नेपाल प्रहरीले करिब ८ करोड मूल्य बराबरको २ किलो ६५४ ग्राम लागुऔषध कोकिनसहित तीनजना विदेशी मिहलालाई नियन्त्रणमा लिएको छ।
Advertisement
आज पत्रकार सम्मेलन गर्दै प्रहरीले यो जनाकारी दिएको हो । प्रहरीले वैशाख ३० गते कतारबाट काठमाडौं आएकी युगान्डाकी ४४ वर्षीया केभिना मुगाला सिनामंगलबाट नियन्त्रणमा लिएको थियो। उनको १ किलो २६० ग्राम कोकिन निकालेको थियो।
यस्तै जेठ २ गते धोबीचौरबाट पक्राउ परेकी युगान्डाकै लिलयान सु्सनसाथबाट १ किलो ३९४ ग्राम र सोही दिन भारतीय नागरिक ३३ वर्षीया दिवा जनी पालको साथबाट ३९४ ग्राम कोकिन बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनैजना अन्तर्राष्ट्रिय गिरोहमा आवद्ध रहेको प्रहरीले जनाएको छ।