काठमाडौं । १:१५ मा बस्ने भनिएको राष्ट्रिय सभा बैठक ४:३० बजेका लागि सरेकफो छ ।
Advertisement
बैठक विशेष कारणबस तोकिएको समयमा बस्न नसकेको सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयद्वारा आज जारी सूचनामा उल्लेख छ ।
राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ उपनियम (३) बमोजिम राष्ट्रियसभा अध्यक्षले बैठक सार्नुभएको सूचनामा उल्लेख छ ।
आज ११ बजेका लागि बोलाईएको प्रतिनिधिसभाको बैठक पनि ४ बजेका लागि सारिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गर्दै आएको संसद अवरोध खोलाउने प्रयास भएका कारण दुवै सदनको बैठक सरेको हो ।