कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वासको मत पाएका छन् । उनले पक्षमा २८ मत पाए भने विपक्षमा शून्य मत पर्यो ।
Advertisement
कांग्रेस र नाउपा रेशम पक्षका सांसदहरू भने विश्वासको मतका लागि भएको मतदान प्रक्रियामा सहभागी नै नभई बहिष्कार गरेर बाहिरिएका थिए ।
नेकपा एसका सोडारीलाई एमाले, माओवादी, नाउपा रन्जिता पक्ष र स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए ।