काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराललाले नेपाली कांग्रेसलाई धम्की नदिन चेतावनी दिएका छन् ।
Advertisement
काठमाडौंमा बिहीबार प्रजातान्त्रिक विचार समाजले गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले कुनै पनि राजनीतिक दलको धम्कीबाट कांग्रेस नडराउने बताए । भने – ‘राजाको धम्कीसँग कांग्रेस डराएन, कुनै दलको धम्कीसँग हामी डराउँदैनौं,’
कोइरालाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बुधबार संसदीय दल बैठकबाट दिएका अभिव्यक्तिप्रति लक्षित गर्दै यस्तो चेतावनी दिएका हुन् ।
उनले उपप्रधान एवम् गृहमन्त्रीलाई संसदमा बोल्न नदिने नभनिएको प्रष्ट पारेका छन् । भने-‘ ‘हामीले गृहमन्त्रीले आएर रोष्टममा बोल्नुहुन्छ, बोल्नुस्। हामीलाई चित्त बुझ्यो भने ठिक छ, बुझेन भने हामी त्यसपछि बोल्छौँभन्दा न गृहमन्त्रीले स्वीकार गर्नुभएको छ, न त एमालेले स्वीकारेको छ।’