काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले सहकारीको प्रकरणको विषयमा छानविन गर्न समिति गठन गर्न माग गरेको छ ।
Advertisement
केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सहकारी छानबिन समिति गठन गर्न सरकारसँग माग गरिएको जानकारी दिए ।
नेकपा एसले कतिपय सहकारी संस्थाले अधिकारको दुरुपयोग गरी सर्वसाधारणको बचत रकम अपचलन गरेर ठुलो धनराशि दुरुपयोग गरी आर्थिक तथा वित्तीय अपराध गरेका दुःखद घटनाहरू सार्वजनिक भइरहेको भन्दैं समग्र समस्या समाधानका लागि छानबिन समिति गठन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ ।