कैलाली । संविधान विपरीत मुख्यमन्त्री नियुक्ति गरेको भन्दै नेपाली कांग्रेसले सुदूरपश्चिमको प्रदेश सभा बैठक अवरोध गरेको छ ।
Advertisement
मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिने बोलाइएको प्रदेश सभाको बैठकमा कांग्रेसका सांसदहरूले अवरोध गरेपछि ३० मिनेटका लागि बैठक स्थगित भएको छ ।
कांग्रेसले सभामुखले जबर्जस्ती प्रदेश सभा बैठक संचालन गर्न खोजेको भन्दै प्रदेश सभामा अवरोध गरेर नाराबाजी गरेका थिए ।