काठमाडौं । जननेता मदन भण्डारी र जीवराज आश्रितको मृत्यु भएको ३१ बर्ष पुगेको छ । आज उनीहरुको ३१औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
Advertisement
तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो । सोही दिनको स्मरणमा नेकपा (एमाले) ले हरेक वर्ष जेठ ३ गते विविध कार्यक्रम गर्दै आएको छ ।
मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद ‘जबज’ को सिद्धान्त नेपालको कम्युनिष्ट आन्दोलनमा पृथक मानिन्छ ।
भण्डारी र आश्रितको रहस्य मय मृत्यु भएपनि उनीहरुको हत्यार। अझै पत्ता लाग्न सकेको छैन ।