काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि कांग्रेसले लगाएको आरोपका विषयमा संसदमा बोल्न पाउनुपर्ने अडान लिएका छन् ।
Advertisement
प्रधानमन्त्री पुस्पकमल दाहालसँगको भेटपछि लामिछानेले संसदमा आफूले बोल्न पाउनुपर्छ भन्ने विषयमा छलफल भएको जानकारी दिए ।
लामिछानेले सदन र सडकमा आफ्नो विषयमा आरोप र गालीगलौज नै उठिसकेको अवस्थामा बोल्न पाउनुपर्ने बाहेक अरु कुनै माग नरहेको जिकिर गरेका छन्
सहकारी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले सडक र सदन दुवै स्थानबाट दवा दिदै आएको छ । यस्तोमा नेकपा एमाले भने लामिछानेको पक्षमा उभिएको छ ।