काठमाडौं । उच्च अदालत पाटनले सन्दिप लामिछानेलाई सफाई दिएसँगै विश्वकप खेल्न पठाउने वा नपठाउने निर्णय गर्न नेपाल क्रिकेट संघ (क्यान)को बैठक बस्दै छ ।
Advertisement
संघले आज नै बोर्डको बैठक बसेर सन्दीपलाई टी–२० विश्वकप खेल्ने टोलीमा समावेश गर्ने÷नगराउने विषयमा निर्णय गर्ने बताएको छ ।
जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए ।
उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेको हो ।
यस अघि क्यानले गरेको निलम्बन फुकुवा गर्दै सन्दिपलाई टोलीमा सहभागि गराउने सम्भावना बलियो छ ।