काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी बर्षको बजेट नीति तथा कार्यक्रमसँग मेल खाने गरी आउने बताएका छन् ।
Advertisement
नेपाल उद्योग वाणिज्य महासंघले गरेको छलफलमा मन्त्री पुनले नीति तथा कार्यक्रम अनुसार नै आउने बताएका हुन् ।
उनले बजेट सरकारसँगै निजी क्षेत्रको पनि मनोबल उच्च हुने गरी आउने बताए । भने-‘नीति तथा कार्यक्रमसँग मेल खाने गरी बजेट र बजेटसँग मेल खाने गरी मौद्रिक नीति आउँछ । बजेटले समर्थन गर्न नसक्ने नीति तथा कार्यक्रम समावेश छैन,’ पुनले भने, ‘नीति तथा कार्यक्रममा समावेश भएका विषयवस्तु नै बजेटमा समावेश हुन्छ ।’
कार्यक्रममा उद्योग बाणिज्य महासंघले नीजि क्षेत्रलाई उत्साहित बनाउने बजेट ल्याउन आग्रह गरेका थिए । मन्त्री पुनले कृषिलाई आधारका रूपमा विकास गर्ने र निर्वाहमुखी नभई व्यावसायिक रूपमा लैजान सरकारले ध्यान दिने प्रष्ट पारे ।