काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाइ दिएको छ । यो संगै लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन् ।
Advertisement
जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए ।
उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेको हो । ।
उच्च अदालतको फैसलापछि सन्दीप फेरि क्रिकेटमा फर्किन योग्य भएका छन् ।