मुगु । राराको सुन्दरता जोगाउन भन्दै रारा राष्ट्रिय निकुञ्जले प्लाष्टिक प्रतिबन्ध लगाइएको छ ।
Advertisement
राराको प्राकृतिक सुन्दरता जोगाएर पर्यटकलाई आकर्षित गर्न फोहोर व्यवस्थापनमा गर्न भन्दै निकुञ्ज प्रशासनले प्लाष्टिकमा प्रतिबन्ध लगाएको हो ।
रारा राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृत राजु घिमिरेले भ्रमणमा आउने आन्तरिक पर्यटकले प्लाष्टिकको झोला, बोत्तल, प्लाष्टिकमा प्याकिङ गरेका बस्तु, चाउचाउका पाकेट निकुञ्ज क्षेत्रमा फ्याक्दा प्रदूषण बढेको कारण प्रतिबन्ध लगाएको बताए ।
रारा घुम्ने आउने पर्यटकलाई मात्र नभएर निकुञ्जमा कार्यरत कर्मचारी, नेपाली सेनाका जवानहरुलाई पनि रारा क्षेत्रमा प्लाष्टिक फाल्न प्रतिबन्ध लगाइएको छ ।