कामाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सहकारीको बचत अपचलन र गिरीबन्धु टी-इस्टेटमा भएको नीतिगत भ्रष्टाचारमा संलग्न रहेकाहरूमाथि कानुनी कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ।
Advertisement
नेविसंघ त्रिचन्द्र क्याम्पसले बुधबार बिहान काठमाडौंको घण्टाघरअगाडि प्रदर्शन गरेका हुन्।
उनीहरूले ‘गुड मर्निङ केपी बा, चिया खानुभो?, गृहमन्त्रीज्यू सहकारी ठग र गिरीबन्धु ठगलाई टुँडिखेलमा राखेर नाकको डाँडी भाँचिने गरी हान्नु है’ लेखिएको प्ला कार्डसहित प्रदर्शन र नाराबाजी गरेका थिए।
सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै नेपाली कांग्रेसले सदनमा अवरोध गर्दै आएको छ भने संसदीय छानबिन समिति गठनको माग गरिरहेको समयमा भातृसंगठनले सडका विरोध गर्दै आएका छन् ।