काठमाडौं । जेठ ६ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ ।
Advertisement
प्रतिनिधि सभाको पाक्षिक क्यालेन्डरमा जेठ ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।
प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ मा प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तरसम्बन्धी व्यवस्था छ ।
यो पटक समूह पाँचमा रहेका सांसदहरूले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न सोध्न पाउनेछन् ।
प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि सांसदहरूले पहिले नै प्रश्न लिखित रूपमा संसद सचिवालयमा उपलब्ध गराउनुपर्ने हुन्छ ।
तर उपप्रधान तथा गृहमन्त्रीले सहकारीको रमक उपचलन गरेको भन्दै संसद अवरोध गर्दै आएको कांग्रेसले संसद के गर्छ भन्ने पनि निस्चित छैन ।