काठमाडौं । नेकपा (एमाले) संसदीय दलको बैठक केही बेरमा बस्दैं छ । संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा मध्याह्न साढे १२ बजे संसदीय दलको बैठक बस्न लागेको हो ।
Advertisement
संसदीय दलको बैठकमा समसामयिक राजनीतिक परिस्थिति र संसद्को गतिरोधबारे छलफल हुने बताइएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगातार संसद अवरोध गर्दै आएको छ त्यस विषयमा छलफल हुने जनाइएको छ ।
सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने समेतको संलग्नता रहेको भन्दै संसदीय छानबिनब समितिको माग राख्दैं संसद अवरुद्ध गर्दै आएको हो ।