काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले सहकारी ठगी प्रकरणका आरोपित जीबी राई भगाएको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनु पर्ने बताएका छन् ।
Advertisement
शनिबार कांग्रेस संसदीय दलको बैठकपछि सांसद थापाले गृहमन्त्रीको उक्त भनाईको जवाफ प्रधानमन्त्री प्रचण्डले दिनुपर्ने बताएका हुन् ।
शनिबार चितवनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जीबी राईलाई अघिल्लो सरकारले भगाएको अभिव्यक्ति दिएका थिए ।
थापाले यस अघिको सरकार प्रचण्डकै नेतृत्वमा रहेको भन्दैं प्रचण्डले यस्को जवाफ दिनु पर्ने माग गरेका हुन् । यस अघि कांग्रेस सहितको रकार हुदाँ माओवादीका नारायणकाजी श्रेष्ठ गृहमन्त्री थिए ।