नयाँ दिल्ली । नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल आम-निर्वाचन सम्मका लागि अन्तरिम जमानतमा छुट्ने भएका छन्।
Advertisement
भारतको सर्वोच्च अदालतले शुक्रबार केजरीवाललाई जुन १ सम्मका लागि जमानतमा छाड्न आदेश दिएको हो ।
न्यायाधीश सञ्जिव खन्ना र दिपान्कर दत्तको इजलासले लोक सभा निर्वाचनका लागि उनलाई छाड्न आदेश दिएको हो।
केजरीवाललाई मदिरा बिक्री सम्बन्धी नीतिमा घोटाला गरेको अभियोगमा इडीले गत मार्च २१ तारिखमा पक्राउ गरेको थियो।