काठमाडौं । नेपाली कांग्रेसले शीर्ष नेताले बोल्ने कार्यसूचीमा कांग्रेस असहमती जनाउदा प्रतिनिधिसभाको बैठक प्रभावित बनेको छ ।
Advertisement
बजेट अधिवेशनको पहिलो बैठकमा शीर्ष नेताहरुलाई बोल्न दिने कार्यसूचीमा नेपाली कांग्रेसले असहमति जनाएको हो ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विरुद्ध संसदिय छानविन समितिको माग गर्दै आएको कांग्रेसले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रमात्रै वाचन गर्न दिने, आफ्ना कुरा राख्ने तर शीर्ष नेताहरुलाई बोल्ने कार्यक्रम र नियमित कार्यसूचीमा प्रवेश गर्न नदिने बताएका थिए ।
आज बस्ने तय भएको संसद बैठकका कार्यसूची तय गर्नुअघि सभामुख देवराज घिमिरेले दुई चरणमा प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका थिए ।