काठमाडौं । खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले बजेट र उपयुक्त नीतिको अभावका काण खेलकुद पूर्वाधारको विकास हुन नसकेको बताएका छन् ।
Advertisement
सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री श्रेष्ठले बजेट र नीति केही नभएको बताएका हुन् । उनले भने -‘खेलकुद मन्त्रालयको बजेटले लुडो, बुद्धिचाल र बाघचालमात्रै खेलाउनसक्ने अवस्था छ ।’
उनले खेलकुद ऐन संशोधनको तयारी भइरहेको भन्दै यसका लागि आवश्यक सुझाव संकलन गर्ने कामसमेत जारी रहेको बताए।