विराटनगर, कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतबहादुर कार्कीको शपथ बिहीबार अपराह्न ५ बजे हुने भएको छ ।
Advertisement
एमाले र माओवादीका ५२ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीको शपथका लागि प्रदेश प्रमुखको कार्यलयले ५ बजेका लागि तय गरेको हो ।
कार्कीले आज नै सानो आकारको मन्त्रीपरिषद विस्तार गर्ने तयारी गरेका छन् । कार्कीले एमाले र माओवादीका एक-एक जनालाई मन्त्री बनाउन लागेका हुन् । जस्मा एमालेका रामबहादुर रानामगर अर्थमन्त्री बन्ने छन् भने माओवादीका दुर्गा चापागाईँ र गणेश उप्रेतीमध्ये एक जनालाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा लगाउने तयारीमा कार्की रहेका छन् ।