काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष अशोक राईले पार्टी विभाजनअघि वर्तमान गठबन्धन फेर्ने गतिविधि भित्रभित्रै चलेको बताएका छन्।
बिहिबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष राईले पार्टी विभाजनअघि भित्रीरूपमा गठवन्धन फेर्ने गतिविधि चलिरहेको स्वीकार बताएका हुन् ।
अध्यक्ष राईले आफुहरु राजनीतिक स्थायित्वको पक्षमा रहेको भन्दै गठवन्धन फेर्ने गतिविधि भइरहेको र आफुहर त्यसमा सतर्क रहेको दावी गरे । देश अस्थिरताको शिकार हुनु हुन्न भन्नेमा सचेत रहदै कदम चालेको दावी गरे ।
‘अङ्कगणित त मिलेकै थियो । तर अलिकति फेरफार गर्न केही गतिविधि अन्डरकरेन्ट चलिरहेका थिए । यो संवेदनशील थियो । हामी सतर्क हुनुपर्ने अवस्था थियो । हामी देश अस्थिरताको शिकार हुने अवस्था रहनुहुँदैन भन्नेमा सचेत थियौँ,’ उनले भने ।
उनले एकताको महाधिवेशन नबनाएर कुनै एक व्यक्तिलाई श्रीपेच लगाउने गरी अघि बढाएपछि पार्टी विभाजन गर्न बाध्य बनेको दावी गरे । महाधिवेशनबाट पार्टीको समस्या समाधान गर्नेभन्दा पनि पार्टीलाई कब्जा गर्ने रणनीति राईको आरोप छ ।