बिराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिकमतकुरमार कार्की नियुक्त भएका छन् ।
Advertisement
एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा प्रदेश प्रमुख पर्शुराम खापुङले कार्की मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन आह्वान गरेपछि आज बिहान एमाले नेता कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत चाहिन्छ । कार्कीले अव ३० दिन भित्र विश्वासको मत लिइ सक्नु पर्ने छ ।