काठमाडौं । नक्सालमा रहेको बाल मन्दिरको जग्गा प्रकरणमा बाल संगठनका पूर्वपदाधिकारी सहित २० जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा बिहीबार बाल संगठनको जग्गा विवादमा संलग्न व्यक्तिहरूविरूद्ध जाहेरी परेको थियो।
त्यसपछि अदालतले २० जनाविरूद्ध पक्राउ अनुमति दिएको सिआइएएबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिए ।
नेपाल बाल संगठनलाई हानी नोक्सानी पुर्याउने उद्देश्यले २०४९ देखि २०७२ सालसम्म पटक-पटक न्यून रकममा सम्झौता गरेको उजुरी आएको थियो।
अनाथ र सहाराहीन बालबालिकाको संरक्षणका गर्दै आएको संगठनको जग्गा लिज सम्झौताका नाममा अनन्तकालसम्म व्यापारीलाई सुम्पने कार्य गरेको भन्दै जाहेरी परेको थियो।
को को विरद्ध पक्राउ पुर्जी ?
१, नेपाल बाल संगठनका तत्कालिन अध्यक्ष रीता सिंह
२,नेपाल बाल संगठनका तत्कालिन उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ
३,नेपाल बाल संगठनका तत्कालिन महासचिव श्री गणेश भक्त श्रेष्ठ
४, नेपाल बाल संगठनका तत्कालिन उपमहासचिव सुमन शाक्य
५, नेपाल बाल संगठनका तत्कालिन सदस्य एवंम श्रोत तथा परिचालन उपसमिति संयोजक कृष्णशंकर साह
६,नेपाल बाल संगठनका तत्कालिन अख्तियार प्राप्त ऐ का महासचिव श्री श्याम कुमार आले
७, नेपाल बाल संगठनका तत्कालिन अख्तियार प्राप्त ऐ का महासचिव सुवास कुमार पोखरेल
८, नेपाल बाल संगठनका तत्कालिन कोषाध्यक्ष श्री मनोहर गोपाल श्रेष्ठ
९, नेपाल बाल संगठनका तत्कालिन महासचिव प्रचण्ड राज प्रधान
१०,नेपाल बाल संगठनका तत्कालिन महासचिव राम काजी कोने
११, नेपाल बाल संगठनका तत्कालिन उपाध्यक्ष योगेन्द्र बहादुर शाही
१२, नेपाल बाल संगठनका तत्कालिन उपकोषाध्यक्ष दिपकदास श्रेष्ठ
१३, वृहस्पति विद्यालय व्यवस्थापन प्रा. लि (वृहस्पति विद्यासदन) का अख्तियार प्राप्त तत्कालिन अध्यक्ष चिरञ्जिवि तिवारी
१४, वृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (वृहस्पति विद्यासदन) का संचालक प्रविण राज जोशी
१५, वृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (वृहस्पति विद्यासदन) का तत्कालिन संचालक मुरारी निधि तिवारी
१६,वृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (वृहस्पति विद्यासदन) का अध्यक्ष पुरुषोत्तम राज जोशी
१७,वृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (वृहस्पति विद्यासदन) का संचालक श्रद्धा संघाई
१८, वृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (वृहस्पति विद्यासदन) का संचालक अभिनव सिंघानिया
१९, वृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (वृहस्पति विद्यासदन) का संचालक सिद्धार्थ केडिया
२०, वृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि (वृहस्पति विद्यासदन) का संचालक किर्ति प्रसाद पाण्डे