बाँके । बाँकेको कोहलपुरमा प्रहरीले लागुऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लिएको छ ।
Advertisement
काठमाडौंबाट खटिएको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले लागुऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लिएको हो । प्रहरीले कारोबारी सुशील परियारनियन्त्रणमा लिएको छ ।
परियारको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ । उनको घुँडामा गोली लागेको प्रहरीले जनाएको छ । उनको साथबाट प्रहरीले ११० ग्राम खैरो हिरोइन बरामद गरेको छ ।