बिराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले पुन: दाबी पेश गर्दैछन् ।
Advertisement
प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान गरेपछि उनले पुन दाबी गर्न लागेका हुन् । कार्कीको समर्थनमा एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थन रहने छ ।
२४ पुस २०७९मा माओवादी केन्द्र, जसपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले १४ असार २०८० मा राजीनामा दिएका थिए । केन्द्रमा सत्ता समिकरण बदलिएदा उनले राजिनामा दिनु परेको थियो ।
तर सर्वोच्च अदालतको परादेशपछि २२ भदौ २०८० मा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका कार्कीले २० असोजमा राजीनामा दिए । केन्द्रमा माओवादीले कांग्रेससंगको गठवन्धन तोडेर एमालेसंग गठवन्धन गरेपछि कार्की तेस्रो पटक मुख्यमन्त्री बन्न लागेका हुन् ।