काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संवैधानिक परिषद्का सबै निर्णयहरु सर्वसम्म हुनु पर्ने बताएका छन् ।
Advertisement
बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा भएको छलफलका क्रममा गृहमन्त्री लामिछानेले परिषद्का सबै निर्णयहरु सर्वसम्म हुनु पर्ने व्यवस्था गर्नु पर्ने बताएका हुन् ।
मन्त्री लामिछानेले ऐनमा संवैधानिक परिषद्का सबै सदस्यहरूलाई बाध्यकारी रुपमा बैठकमा उपस्थित हुनै पर्ने व्यवस्था गर्नुपर्ने समेत धारणा राखेका छन् । परिषद्का सदस्यहरू बैठकमा अनुपस्थित भएको अवस्थामा र निर्णयहरूमा सर्वसम्मति नभएको अवस्थामा के गर्ने भन्ने सम्बन्धमा भने विधेयकले बोल्नुपर्ने उनको भनाई छ ।