काठमाडौं । नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले एमालेसंग सहकार्य गरेर नयाँ सरकार बनाउने विषयमा ठोस छलफल नभएको बताएका छन् ।
Advertisement
बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै लेखकले आज भोली नै समीकरण भत्काउने पक्षमा कांग्रेस नरहेको भन्दै एमालेसंग कुनै सम्बाद नभएको दावी गरे ।
केन्द्र सहित सातै प्रदेशमा ठूलो पार्टी भएकाले अन्य दलसंग छलफल हुनु सामान्य भएपनि समिकरण तोड्ने विषयमा छलफल नभएको प्रष्ट पारे ‘एमालेसँग मिलेर सरकार बन्छ कि भन्ने कुरा छ, त्यसका बारेमा कुनै ठोस सम्बाद भएको छैन। एमालेका नेताहरूसँग पनि औपचारिक/अनौपचारिक सम्बाद भएको छैन।’