गोरखा । पहिलो पटक हिमचितुवाको गणना गरिएको गोरखाको मनास्लु क्षेत्रमा १५ वटाभन्दा बढी हिमचितुवा पाइएको छ ।
Advertisement
ग्लोबल चेन्ज रिसर्च इन्स्टिच्युट अफ चेक एकेडेमी साइन्सले करिब ३ वर्ष लगाएर मनास्लु क्षेत्रमा हिमचितुवा गणना गर्दा चुम र नुब्री भ्यालीमा १३ वटा वयस्क र २ वटा बच्चा भेटिएको गणनाको नेतृत्व डा विक्रम श्रेष्ठले जानकारी दिए ।
भेटिएका सवै चितुवा लोपन्मुख प्रजातिका रहेको उनको भनाई छ । यि प्रजातीका हिमचितुवा नेपालसहित एसियाको १२ वटा देशमा मात्र पाइने गरेको अध्यन टोलीको भनाई छ ।