नवलपरासी । पश्चिम नवलपरासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
Advertisement
सुस्ता गाउँपालिका–५ तरैनी कि २९ वर्षीय पुनम कोइरीको चट्याङ लागेर मृत्यु भएको हो ।
मंगलबार बिहान ११ बजे परेको चट्याङ लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा छन् भने उनीसंग दुई छोरा र एक छोरी रहेका थिए ।