काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले साना तथा घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी रहेको बताएका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा आयोजित नेपाल १७औँ अन्तर्राष्ट्रिय औधोगिक व्यापारको उद्घाटन गर्दैं राष्ट्रपति पौडेलले देशमा औधोगिक विकासतर्फ अग्रसर हुन साना तथा घरेलु उद्यमशीलतालाई बढावा दिन आवस्यक रहेको बताएका हुन् ।
राष्ट्रपतिले साना तथा घरेलु उद्योग मार्फत प्राकृतिक स्रोतको उपयोग, समावेशी र समानुपातिक सहभागितामा मात्र होइन परम्परागत कृषिलाई औधोगिक कृषिमा बदल्न सघाउ पुर्याउँने बताए । भने-‘ स्थानीय श्रम, सीप, प्रविधि, कच्चा पदार्थ, जनशक्ति प्रयोग गरी थोरै लगानीमा गर्न सकिने उद्योगबाट उत्पादन र उत्पादकत्व बढाउँदै आयआर्जनका माध्यमबाट स्थानीयस्तरमा नै आत्मनिर्भर हुँदै सबल राष्ट्रिय अर्थतन्त्र निर्माणमा योगदान दिन यस्ता उद्यम व्यवसाय बढी फलदायी हुनेछ’
राष्ट्रपति पौडेलले देशमा महिलाले सञ्चालन गरेका लघु, घरेलु तथा साना उद्योगले ठूलो संख्यामा स्वरोजगारी सिर्जना गरेकाले यसको प्रवद्र्धन,महिला, युवा र कृषि उद्यमीका लागि सहुलियतपूर्ण कर्जाको अवस्थालाई प्रभावकारी बनाउन पनि जोड दिए ।