सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसरी भए पनि सरकारलाई पूरा अवधि चलाउने बताएका छन् ।
Advertisement
सिन्धुलीको सुनकोशी गाउँपालिकामा रहेका प्रधानमन्त्री दाहालले वर्तमान सरकार बनेपछि विकास निर्माण, शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा युगान्तकारी काम गरीरहेको भन्दै सरकार पूरै अवधी चल्ने बताएका हुन् । भने -‘अनेक गरिन्छ तर सरकारलाई पूरै अवधि लगिन्छ, दुविधा नरहोस् ।’
नीति कार्यक्रम र बजेटमार्फत नागरिकमा भरोसा स्थापित गर्ने प्रयास गर्ने भन्दै यहि बजेट मार्फत विकासको नयाँ युग सुरु हुने बताए ।