काठमाडौं । नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले कम्युनिष्टहरू कब्जाको शैलीमा अघि बढेको संशय आरोप लगाएका छन् ।
गण्डकी प्रदेश संसदीय दल नेता सुरेन्द्रराज पाण्डेसहित प्रदेश सभा सदस्यहरूसँग बुधबार बूढानीलकण्ठस्थित निवासमा कुराकानी गर्दै सभापति देउवाले ‘कम्युनिष्टहरू कब्जाको शैलीमा अघि बढेको संशय’ देखा परेको बताएका हुन् ।
देउवाले पछिल्ला राजनीतिक गतिविधिहरूले अधिनायकवादी छनकको संशय पैदा गरेको भन्दैं सत्तारूढ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गरेका थिए । छलफलमा सहभागि पाण्डेले देउवालाई उद्धृत गर्दै भने -‘पछिल्ला केही गतिविधिले कम्युनिष्टहरू कब्जाको शैलीमा अघि बढेको संशय पैदा भएको देखिएको छ ।’
सहकारी प्रकरणमा नाम मुच्छिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको विषयमा सरकार गम्भिर नभएको उनको भनाई छ । सभापति देउवाले सहकारी प्रकरण संसदीय छानबिन समिति गठन गरेर निष्कर्षमा पुग्नु पर्ने पक्षमा पार्टी रहेको बताए।