सिन्धुली । सिन्धुली-मरिण डाइभर्सन आयोजनाको सुरुङको आज ब्रेक थ्रु हुने हुदै छ ।
Advertisement
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सुरुङ ब्रेक थ्रु गर्न लागिएको हो । जस्कमा लागि प्रधानमन्त्री सिन्धुलीमै छन् ।
कमलामाई नगरपालिका-२ कुसुमटारबाट सुरु भएको सुरुङ सुरुङ सुनकोशी गाउँपालिका-७ को सुनकोशी र तामाकोशी दोभानबाट करिब ९ सय मिटर तल पर्ने कानढुंग्रीमासम्म रहेको छ ।
तराई मधेशमा बाह्रै महिना सिँचाइ सुविधा पुर्याउने र बिजुली पनि उत्पादन गर्ने उद्देश्यका साथ निर्माण सुरु गरिएको सुनकोशी-मरिण डाइभर्सन आयोजनाको सुरुङ आज वारपार छेडिंदैछ ।