काठमाडौँ– दक्षिण कोरिया जान चाहनेहरूका लागि भाषा परीक्षा लिने तयारी सुरु भएको छ ।
Advertisement
वैदेशिक रोजगार विभागका अनुसार दक्षिण कोरिया जानका लागि इम्प्लोयमेन्ट परमिट सिष्टम ९ईपीएस० परीक्षा वैशाख २६ गतेबाट सुरु हुने भएको हो ।कोरोना महामारीका कारण केही वर्षदेखि रोकिएको परीक्षा विभिन्न चरणमा गरी असोज २१ गतेसम्म चल्ने पनि विभागको ईपीएस शाखाले जनाएको छ । शाखाले सोमबार निकालेको सूचनाअनुसार सन् २०२२ का लागि ९ हजार ६ सय ५४ जनालाई छनोट गरिनेछ ।
परीक्षामा सामेल हुन १४ चैतदेखि २१ गतेसम्म अनलाइनबाट आवेदन दिन सकिने पनि शाखाले जनाएको छ ।