Advertisement
काठमाडाैँ । नेपालबाट वैदेशिक रोजगारीमा गएका ९८ प्रतिशत कामदारले फ्री भिसा, फ्री टिकट नपाएको भेटिएको छ ।
सरकारले व्यवस्था गरेअनुसार सेवाशुल्क र लागत खर्च पठाएर नेपालबाट कामदार लैजाने रोजगारदाताको संख्या अत्यन्त न्यून रहेको नेपाल संयुक्त ट्रेड युनियन (जिफन्ट)ले गरेको एक अध्ययनले देखाएको हाे । फ्री टिकट, फ्री भिसाको नीतिकै कारण वैदेशिक रोजगारीमा गएका कामदारको जोखिम झन् बढेको अध्ययनको निष्कर्ष छ । अध्ययनअनुसार ९८ प्रतिशत कामदारले वैदेशिक रोजगारीमा जान म्यानपावर व्यवसायीलाई एक लाख रुपैयाँभन्दा बढी भुक्तानी गर्ने गरेका छन् । तर, उनीहरूलाई म्यानपावर व्यवसायीले १० हजार रुपैयाँको मात्रै रसिद दिने गरेका छन् ।
नयाँ पत्रिका बाट