नयाँदिल्ली- विज्ञहरूका अनुसार भान्साबाट निस्कने धुवाँ हानिकारक बन्दै गएको छ। माटोबाट बनेको चुलो होस् या एलपीजी ग्यासबाट निस्केको धुवाँ, दुवै शरीरका लागि हानिकारक छन्।
भान्साबाट निस्केको धुवाँले हाम्रो फोक्सोलाई मात्र असर पुर्याएको हुँदैन, मुटु र दिमागलाई पनि हानी पुर्याउँछ। मच्छर भगाउने धुप पनि स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ।
खाना बनाउँदा निस्कने धुवाँबाट इन्डोर प्रदुषण बढ्छ। गाउँघरमा आज पनि महिलाहरू परम्परागत माटोबाट बनेको चुलोमा खाना पकाउँछन्। यसकारण पनि भान्साबाट निस्कने धुवाँले गाउँघरका महिलाको स्वास्थ्यमा अझ बढी असर पुर्याएको देखिन्छ।
उसो त, ग्यासबाट निस्कने धुवाँले पनि स्वास्थ्यमा असर पुर्याएको हुन्छ। तर, माटोबाट निस्कने धुवाँ धेरै हुने भएकाले यसको असर स्वास्थ्यमा अझ बढी हुने गर्छ।
धुवाँबाट देखिने असर
आम भाषामा सिगरेटबाट निस्कने धुवाँ र वायु प्रदुषणलाई स्वास्थ्यका लागि हानिकारक मानिन्छ। तर, हामीले सुरक्षित मानेको भान्सा पनि कम प्रदूषित हुँदैन। परम्परागत चुलोबाट निस्कने धुवाँले खाना बनाउने महिलालाई विस्तारै मृत्युको मुखमा धकेलिरहेको हुन्छ।
यस्तै, एलपीजी ग्यासबाट निस्कने धुवाँ पनि कति खतरनाक रोगको कारण बनेको हुन्छ। रिसर्चका अनुसार भारतको पूर्वोत्तर राज्यहरू आसाम, मेघालय, अरुणाचलका धेरै मानिसमा श्वास, क्यान्सर र फोक्सोसम्बन्धी रोग बढ्दै गएको छ। किनभने यी क्षेत्रमा ग्यासको सुविधा छैन। र, परम्परागत चुलोबाट खाना बनाउँछन्।
ग्यासबाट निस्कने धुवाँभन्दा परम्परागत माटोबाट बनेको चुलोबाट निस्कने धुवाँ ५७ गुणा बढी हानिकारक मानिन्छ। माटोको चुलोबाट खाना बनाउँदा भान्सामा धेरै हानिकारक ग्यास धेरै हुन्छ। जो सोझै श्वास नलीबाट फोक्सोमा जान्छ। रिसर्चका अनुसार एरोसोल ग्यासका २९-७९ हिस्सा श्वास नलीमा जम्मा हुन्छन्, जसले फोक्सोलाई असर पुर्याउने खतरा बढ्छ।
भास्कर डट कमबाट