• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

गलत रगत चढाउँदा यी हुन् जोखिम


    Avatar photo
बिहिबार, बैशाख २०, २०८१ मा प्रकाशित

नयाँदिल्ली- गलत रगत चढाउनु पनि स्वास्थ्यका लागि हानिकारक हुने स्वास्थ्यविदहरू बताउँछन्। फरक ब्लड ग्रुपको रगत चढाउँदा मानिसको मृत्युसमेत हुने खतरा रहने उनीहरूको भनाइ छ।

Advertisement

भारतको जयपुरको सवाई मानसिंह अस्पतालमा एक युवकमा गलत ब्लड ग्रुप रगत चढाउँदा मृत्यु भएको छ। दुर्घटनामा परी घाइते भएका २३ वर्षीय सचिन शर्मामा फरक ब्लड ग्रुप चढाउँदा मृत्युवरण गर्नु परेको छ। ‘ओ पजिटिभ’ ब्लड ग्रुप भएका सचिनमा एबी पजिटिभ ब्लड र प्लाज्मा चढाउँदा उनका दुवै मिर्गौला फेल भएर मृत्यु भएको हो।

उसो त, सबैको शरीरमा रातो रंगको ब्लड हुन्छ। तर, हाम्रो रगत मुख्य चार तत्व मिलेर बन्छ। ती चार तत्व हुन्- प्लाज्मा, राता रक्त कोष, सेता रक्त कोष  र प्लेट्लेटस।

प्लाज्मा रगतको लिक्विड भाग हो। रगतको करिब ५५ प्रतिशत भाग प्लाज्माबाटै बनेको हुन्छ। जसले शरीरको सबै भागमा पोषण र पानी पुर्‍याउने काम गर्छ।

यस्तै, रगत बन्‍नका लागि रातो रक्तकोष आवश्यक हुन्छ। रगतको करिब ४०-४५ हिस्सा राता रक्तकोषबाट बनेको हुन्छ। राता रक्तकोषको करिब ९० प्रतिशत हिस्सा हमेग्लोबिनबाट बनेको हुन्छ। यसले शरीरमा अक्सिजन पुर्‍याउने काम गर्छ।

हाम्रो रगतको १ प्रतिशत हिस्सा सेता रक्तकोषबाट बनेको हुन्छ। रगत बन्‍नका लागि सेता रक्तकोषको मात्रा कम भए पनि यसले काम निकै महत्त्वपूर्ण छ। सेता रक्तकोषले ब्लड प्रेसर सन्तुलन राख्‍न र बाहिर इन्फेक्सनबाट बचाउने काम गर्छ।

रगत बन्‍न आवश्यक पर्ने चौथो आवश्यक तत्व प्लेट्लेटस हो। हाम्रो शरीरमा १.५ देखि ४ लाखको संख्यामा प्लेट्लेटस हुन्छन्, जसको काम चोटपटक लागेको ठाउँमा रगतलाई बहनबाट रोकी जम्‍न मद्दत पुर्‍याउँछ।

यस्तै, मानिसको रगतलाई चार भागमा विभाजन गरिएको छ। ए, बी, एबी र ओ ब्लड ग्रुप।

गलत ब्लड ग्रुप चढाउनु किन खतरनाक हुन्छ ?

गलत ब्लड ग्रुप चढ्ने निकै कम सम्भावना रहन्छ। जब कोही अलग एन्टिजेन हाम्रो रगतमा मिल्छ, तब रक्तकोषहरू जम्मा भएर रक्तनलीलाई ब्लक गर्छन्।

यस्तै, रगतको सर्कुलेशन बन्द हुने, हेमोग्लोबिन र प्लाज्मा मिलेर युरिनको माध्यमबाट गाढा खैरो रंग बनेर बाहिर निस्कने, शरीर पहेंलो भएर जन्डिस हुन सक्ने, रोग प्रतिरोधात्मक क्षमता कमजोर बन्‍ने, किड्नी फेल हुने, ब्लड प्रेसर लो हुनुका साथै बिरामीको ज्यानसमेत जान सक्छ।

लक्षण

गलत रगत चढाउँदा व्यक्तिमा मुटु दुख्‍ने, पिठ्युँ दुख्‍नु, धडकन छिटोछिटो बढ्नु, रिँगटा लाग्‍नु, ब्लड प्रेसर लो हुनु, उल्टी आउनु, छटपटी हुनु, सास फेर्न गाहो हुनु, शरीर रातो वा पहेंलो देखिनुजस्ता लक्षण देखापर्छन्।

बिहिबार, बैशाख २०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

भर्खरै

  • १.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • २.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ३.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ४.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ५.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ६.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ७.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ८.
    तरकारीको विषादी परीक्षण बढाइँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.