• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

उच्च रक्तचापका रोगीलाई दैनिक ३० मिनट वाकिङ


    Avatar photo
बिहिबार, बैशाख १३, २०८१ मा प्रकाशित
नयाँदिल्ली- आईसीआईसीआई लोम्बार्ड जनरल इन्स्योरेन्सले सन् २०२३ मा एक अध्ययन गरेको थियो। अध्ययनअनुसार भारतमा प्रत्येक तेस्रो व्यक्ति तनावबाट पीडित छन्।

Advertisement

फलस्वरूप भारतमा यस्तो समस्या तीव्र गतिमा फैलिरहेको छ। यो रोग उच्च रक्तचाप हो। यसको प्रत्यक्ष सम्बन्ध हाम्रो मुटुसँग छ, जसले पछि मस्तिष्‍कसहित सम्पूर्ण शरीरलाई गम्भीर असर गर्छ।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) का अनुसार भारतमा हुने मृत्युको १०.८ प्रतिशतभन्दा बढी उच्च रक्तचापले ओगटेको छ। यसअघि उच्च रक्तचाप सबैभन्दा बढी वृद्धवृद्धामा देखिने गरेको भए पनि पछिल्ला केही वर्षयता युवा र बालबालिका पनि यसको शिकार बन्‍न थालेका छन्।

सन् २०१८ मा ग्रेट इन्डिया बीपी सर्वेक्षणद्वारा १८ देखि ३९ वर्ष उमेरका युवामा एक सर्वेक्षण गरिएको थियो। सर्वेक्षणले भारतमा प्रत्येक पाँचौं युवा उच्च रक्तचापको शिकार भएको देखाएको छ। त्यसैले आज हामी उच्च रक्तचापको बारेमा चर्चा गर्नेछौं।

रक्तचाप किन बढ्छ ?

हाम्रो मुटुले धमनीहरू मार्फत सम्पूर्ण शरीरमा रगत पठाउँछ। पम्पिङ गर्दा धमनीहरूमा पर्ने दबाबलाई ‘सिस्टोलिक’ (माथिल्लो) भनिन्छ। जब मुटु पम्प गरेपछि आराम हुन्छ, यसलाई डायस्टोलिक (तल्लो) भनिन्छ।

रक्तचापको सामान्य स्तर १२० बाइ ८० एमएम-एचजी हो। यसभन्दा बढी रक्तचाप बढ्नुलाई उच्च रक्तचाप मानिन्छ।

उच्च रक्तचापको असर मुटु र मस्तिष्‍कमा

विश्व स्वास्थ्य संगठनका अनुसार अधिकांश मानिसमा उच्च रक्तचापको कुनै पनि लक्षण अनुभव हुँदैन। यसको मतलव यदि तपाईंलाई उच्च रक्तचाप छ भने तपाईंले शुरुमा कुनै लक्षण नदेख्‍न सक्नुहुन्छ। कसै-कसैलाई सामान्यतः चक्कर लाग्ने, सास फेर्न गाह्रो हुने, वान्ता हुने, टाउको दुख्‍नेजस्ता केही लक्षण देखिन्छन्। उच्च रक्तचापलाई लामो समयसम्म नियन्त्रणमा राखेन भने मस्तिष्‍कघात वा मुटुसँग सम्बन्धित समस्या हुन सक्छ।

सिस्टोलिक प्रेसर १२०-१२९ एमएम एचजी र डायस्टोलिक प्रेसर ८० एमएम एचजी भएमा यसलाई खतराको संकेत मानिन्छ। जब रक्तचाप १३० बाइ १३९ एमजी एचजी हुन्छ र निम्‍न रक्तचाप ८० बाई ८९ हुन्छ, जसलाई पहिलो चरणको उच्च रक्तचाप भनिन्छ।

यो दोस्रो चरणमा पुग्छ, जब सिस्टोलिक प्रेसर १४० एमएम एचजी हुन्छ र डायस्टोलिक प्रेसर ९० एमएम एचजी वा बढी हुन्छ।

सिस्टोलिक प्रेसर १८० एमएम एचजी वा त्यसभन्दा बढी र डायस्टोलिक प्रेसर १२० एमएम एचजी वा त्यसभन्दा बढी भएमा त्यसलाई ‘हाइपरटेन्सिभ क्राइसिस’ भनिन्छ। यस्तो अवस्थामा तत्काल उपचार नपाए ज्यानसमेत जान सक्छ।

बालबालिका किन उच्च रक्तचाप ?

अक्सफोर्ड युनिभर्सिटीको युरोपियन हार्ट जर्नलमा २०२२ मा एक अध्ययन प्रकाशित भएको थियो। त्यसअनुसार बालबालिका र किशोर-किशोरीमा नुन र चिनीको अत्यधिक सेवनका कारण १० मध्ये ९ जनामा उच्च रक्तचाप हुने गरेको छ।

कारण

– अधिक तौल हुनु
– वंशाणुगत कारण
– गर्भावस्थामा आमाले गर्ने धुम्रपान

युवामा उच्च रक्तचापका कारण

– धुम्रपान र धेरै रक्सी पिउने
– अधिक तौल हुनु
– धेरै नुन खाने
– लामो समयदेखि तनावमा रहनु
– व्यायाम नगर्ने बानी

कसरी नियन्त्रण गर्ने ?

उच्च रक्तचापको समस्या भएका मानिसहरूले आफ्नो जीवनशैली परिवर्तन गरेर नियन्त्रण गर्न सक्छन्।

– दैनिक कम्तिमा ३० मिनट हिँड्नुहोस्
– तनाव कम गर्न योग र ध्यान गर्नुहोस्
– खानामा नुन र चिनीको मात्रा घटाउनूस्
– प्याक गरिएको खानाबाट टाढा रहनुहोस्
– रक्सी र चुरोटबाट टाढा बस्‍नूस्
– अत्यधिक तौल बढ्नबाट रोक्नुहोस्
– स्वस्थ र पौष्‍टिक खाना खानुहोस्
– ७ देखि ८ घण्टा सुत्‍नुहोस्
– औषधिसँगै जीवनशैलीमा परिवर्तन ल्याउने

नयाँदिल्लीका चिकित्सक डा. अकबर नक्‍वी भन्छन्, ‘औषधिसँगै बिरामीलाई योग, ध्यान, स्वस्थ खानपान र जीवनशैलीमा सुधार गर्न सल्लाह दिइन्छ, जसले गर्दा रक्तचाप विस्तारै नियन्त्रणमा आउँछ।’

उनका अनुसार चिकित्सकको सल्लाहबिना औषधिको मात्रा घटाउनु हुँदैन। किनभने यो खोकी, ज्वरो वा अन्य रोगजस्तो होइन। यसका लागि एउटै उपचारबाट औषधिहरू क्रमशः घटाइन्छ।

बिहिबार, बैशाख १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.