काठमाडौँ । अख्तियार दुरुपयोग अनुसनधान आयोगले आज जग्गा नामसारी गर्ने सिलसिलामा सेवाग्राहीसँग घुस माग्ने एक कर्मचारीलाई नियन्त्रणमा लिएको छ । उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
Advertisement
आयोगका अनुसार मालपोत कार्यालय चाबहिल काठमाडौँमा कार्यरत खरिदार लक्ष्मण बस्नेतले सामान्य प्रक्रियाबाट हुने कामका लागि सेवाग्राहीसँग एक लाख ३५ हजार घुस माग्दै गरेको अवस्थामा पक्राउ परेका थिए । आयोगले घुस लिँदै गरेको अवस्थामा यही गत फागुन १२ गते कार्यालयबाटै पक्राउ गरेको थियो ।
जग्गा नामसारी गर्ने काममा सहजीकरण गरिदिएको भन्दै खरिदार बस्नेतले आफ्नो ओहोदा र पदीय दायित्वको ख्याल नगरी घुस मागेको आयोगको आरोप छ । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार आरोपी खरिदार बस्नेतविरुद्ध बिगो बमोजिमको कारवाहीको माग गर्दै मुद्दा दायर गरिएको हो ।