काठमाडौं- रौतहट गुजरा नगरपालिका-४ स्थित सडकमा बीआर.०५ पीए-५००० नम्बरको स्कारपिओको ठक्करबाट पैदलयात्री गुजरा नगरपालिका-६ बस्ने ४० वर्षीया गिता चौधरीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ६ वटा बाख्रा मरेका छन् भने ४ वटा घाइते भएका छन् । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Advertisement
मोरङ रंगेली नगरपालिका-२ मंगलबारेस्थित सडकमा प्रदेश न.०१-०४-००१ प ७१६४ नमबरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकको साईडमा रहेको पोलमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार विराटनगर महानगरपालिका-५ बस्ने ४१ वर्षीय बलराम बर्तोलाको शनिबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।