• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

वजन घटाउने ३०-३०-३० फर्मुला


    Avatar photo
शुक्रबार, बैशाख ०७, २०८१ मा प्रकाशित

नयाँदिल्ली- करिअर बढाउन लागिपरेका व्यक्तिहरूको दिनचर्या भागदौडपूर्ण हुन्छ। उनीहरू यति व्यस्त छन् कि स्वास्थ्यको ख्याल गर्ने समय नै छैन।

Advertisement

त्यससँगै उनीहरू थाहै नपाई रोगको घेरामा परिसकेका हुन्छन्। अनि परेशान उनीहरू फास्टिङदेखि जिमसम्मका अभ्यासमा पुग्छन्। एक्कासी गरिने डाइटिङले थप स्वास्थ्य जटिलता पनि निम्त्याउँछ। अनि, वजन घटाउने योजना उनीहरूले लामो समय अनुसरण गर्न पनि सक्दैनन्।

त्यसैका लागि हो, पछिल्ला दिनमा तौल घटाउन ३०-३०-३० को फर्मुला आएको पनि।

विश्‍व स्वास्थ्य संगठन (डब्लूएचओ)को एक अध्ययनअनुसार औद्योगिक क्रान्तिपछि मोटोपनको समस्या तीन गुणा बढेको छ। यसअघि नै मोटोपनलाई डब्लूएचओले महामारी घोषणा गरिसकेको छ।

के हो ३०-३०-३० फर्मुला ?

वजन घटाउने अनेकौं उपाय छन्। त्यसमध्ये एउटा हो, ३०-३०-३० फर्मुला। यसको अर्थ हो, बिहान उठेपछि ३० मिनटभित्र ३० ग्राम प्रोटिन खानु अनि ३० मिनट व्यायाम गर्नु। यो नियमको खास कुरा खानामा क्यालोरीको गणना गरिँदैन। अनि क्यालोरी बर्न हुने हिसाब पनि राखिँदैन। यसको आधारभूत अवधारणा मेटाबोलिजमलाई तीव्र बनाउने कुरासँग जोडिएको छ। र, त्यसैबाट ओभरवेट हुनबाट बच्‍न सकिन्छ। यसको सबैभन्दा ठूलो कुरा त्यही हो- यसलाई दिनमा एकपटक मात्र गरिन्छ।

कसरी काम गर्छ ३०-३०-३० फर्मुलाले ?

बेलायतको न्युट्रिसन थेरोपिस्ट नेटली लुइस बरोजका अनुसार बिहान उठेको ३० मिनटभित्र नास्ताको प्लेटमा ३० ग्राम प्रोटिन हुनुको मतलव हो, तपाईंको शरीरको मेटाबोलिजम तीव्र हुनु। त्यसबाट ज्यादा क्यालोरी बर्न हुन्छ। त्यसपछि ३० मिनट हल्का व्यायाम गर्नुपर्छ। त्यसबाट अझ बढी क्यालोरी बर्न हुन्छ। हाई-प्रोटिन नास्ताका कारण तपाईंलाई बारम्बार भोक लाग्‍ने छैन। र, त्यसले शरीरलाई तन्दुरुस्त राख्‍नेछ।

३० ग्राम प्रोटिनमै किन जोड ?

नास्तामा ३० ग्राम प्रोटिन सामेल गर्दा दिनभर भोक नियन्त्रणमा रहन्छ। चिनी खाने इच्छा पनि कम हुन्छ। त्यसकारण ब्लड सुगर पनि नियन्त्रणमा रहन्छ। र, इन्सुलिन रेजिस्टेन्समा पनि मद्दतगार हुन्छ। मांशपेशीको मजबुतीमा पनि प्रोटिनको महत्त्वपूर्ण भूमिका रहन्छ। नास्तामा प्रोटिनका साथमा भरपुर पोषकतत्व पनि आवश्यक हुने नेटली बताउँछन्।

३० मिनट व्यायाम

शरीरलाई स्वस्थ राख्‍न ३० मिनटको हल्काफुल्का व्यायाम पर्याप्त हुने पोषणविदहरूको भनाइ छ। त्यसबाट हृदयको स्वास्थ्य पनि राम्रो रहन्छ। त्यसमा छिटोछिटो हिँड्नु, साइक्लिङ र स्विमिङजस्ता व्यायाम पर्छन्। त्यसबाट शरीरमा ज्यादा लोड पर्दैन। र, क्यालोरी पनि बर्न हुन्छ। कम इन्टेन्सिटीको व्यायामबाट शरीरलाई हानी हुने सम्भावना शून्य रहन्छ।

नास्ताको समयमा मनमा सकारात्मक विचारहरू ल्याउनूस् र व्यायामको समयमा आफ्नो श्‍वासप्रश्‍वासमा ध्यान दिनूस्। त्यसबाट मानसिक स्वास्थ्य पनि राम्रो हुनेछ।

बनारस हिन्दू विश्‍वविद्यालयका मनोविज्ञानका सहायक प्राध्यापक डा. अखिलेन्द्रका अनुसार यो फर्मुलाले टिकाऊ जीवनशैलीलाई बढावा दिन्छ। र, शरीरलाई कुनै पनि प्रकारको हानी गर्दैन।

भास्कर डट कमबाट

शुक्रबार, बैशाख ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

भर्खरै

  • १.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • २.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ३.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ४.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ५.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ६.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ७.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ८.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.