काठमाडौँ । वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी नेकपा एमालेमा प्रवेश गरेका छन् । उनी शनिबार एक कार्यक्रममार्फत एमाले प्रवेश गरेका हुन् ।
Advertisement
मेयर सरावगीसँगै चार जना वडाध्यक्षहरूसमेत एमाले प्रवेश गरेका छन् । एमाले नेता तथा वीरगञ्ज मेडिकल कलेजका सञ्चालक बसरुद्दीन अन्सारीको छोरीको विवाहमा पुगेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरावगीलाई पार्टी प्रवेश गराएका हुन् । उनलाई पार्टी प्रवेश गराउने क्रममा प्रभु साह, रघुवीर महासेठ जस्ता मधेसमा प्रभाव भएका नेताहरू सहभागी भएका थिए ।
उनी गत स्थानीय चुनावमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट मेयरमा निर्वाचित भएका थिए । व्यापारिक पृष्ठभूमिका सरावगी वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्षसमेत भएका थिए ।
पछिल्लो समय जनता समाजवादी पार्टी (जसपा)मा रहेका सरावगीले पार्टीले असहयोग गरेको बताउँदै आएका थिए ।